Monday, April 20News That Matters

बर्षाका कारण रोकिएको नेपाल र कुवेतबीचको सेमिफाईनल खेल सुरु

पूर्णपुष्टि, बैशाख १६ । एसीसी मेन्स प्रिमियर लिगमा बर्षाका कारण रोकिएको नेपाल र कुवेत बिचको सेमिफाईनल खेल सुरु भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाउँदै १४१ रन जोड्दा बर्षा हुन थालेपछि खेल रोकिएको थियो ।

नेपालका ओपनर कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए । यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके भने रोहित पौडेल ३० रन र कुशल मल्ल ३२ रन बनाएर खेलिरहेका छन्।