
पूर्णपुष्टि, फागुन १५ गते । धनुषामा बलात्कार आरोपमा पक्राउ परेका सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया प्रहरी भ्यनबाट हतकडी सहित फरार भएका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले आईतबार साझँ ७ बजे जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालय आउँदै गर्दा यदुकुहास्थित कमला नहर नजिक भ्यानबाट हामफालेर फरार भएको जानकारी दिए । मुखियाको खोजतलास तिव्र रुपमा गरिरहेको गौतमले बताए ।
