
पूर्णपुष्टि, फागुन १९ । बलिउड अभिनेता रितिक रोशनले आफ्नी प्रेमिका सबा आजादसँग विवाह गर्ने तयारी गरेका छन् । उनिहरुको विवाह नोभेम्बरमा हुने भारतीय सञ्चार माध्यम बलिउड लाइफले जनाएको छ ।
ऋतिक र सबाको भेट ट्विटरमार्फत भएको थियो। केही समय कुराकानी गरेपछि उनीहरूले भेट्ने निर्णय गरेका थिए । हाल उनीहरू जुहूमा एकसाथ बस्दै आएका छन् । पछिल्लो समय उनीहरू मिडियामा पनि एकसाथ देखिँदै आएका छन् ।
अभिनेता ऋतिकले सुजेन खानसँग २०१४ मा सम्बन्धविच्छेद गरेका थिए । उनीहरूको दुई छोरा छन्।
