Thursday, May 7News That Matters

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा, असोज १४ गते ।
झापाको कन्काईमा बसले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ । कन्काई नगरपालिका – ८ विरिङ पुलमा गतराती बसले ठक्कर दिदा मोटरसाईकल चालक शुक्रराज लम्बुको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १० प २३७० नम्बरको मोटरसाईकललाई विपरित दिसाबाट आउँदै गरेको बा ४ ख ६६७ नम्बरको यात्रु वहाक बसले गतराती साँढे ९ बजे ठक्कर दिदा मोटरसाईकल चाल कन्काइ नपा–५ निबासी ४२ वर्षीय लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट घाईते भएको लिम्बुको उपचारको लागि झापाको विएण्डवि अस्पताल विर्तामोड पु¥याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बसचालक सहित मोटरसाईकल ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।