Thursday, May 7News That Matters

बसको ठक्करबाट १ जनाको मृत्यु

सुनसरी, भदौ ३१ गते । 

सुनसरीको ईटहरीमा यात्रुवहाक बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । धरान–विराटनगर सडक खण्ड ईटहरी उप–महानगरपालिका–१३ खनारमा बसको ठक्करबाट मंगलसिंह दमाईको मृत्य भएको हो ।

धरानबाट विराटनगर तर्फ जादै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायात बसले सोहि दिसा तर्फ साईकलमा सवार रतुवामाई नगरपालिका–७ निबासी ३४ वर्षीय दमाईलाई विहान पौने ८ बजे ठक्कर दिएको प्रहरीले नजाएको छ ।

बसको ठक्करबाट गम्भिर घाईते भएका दमाईको उपचार गर्नका लागि कोशी अञ्चल अस्पताल विराटनगर पु¥याएपनि डक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दुहवीमा राखिएको प्रहरीले जनाएको छ ।