
पूर्णपुष्टि, असार १०
रौतहटबाट १० वर्ष पहिला यात्रु बोकेको बसमा बम विस्फोट गराएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र दिलीपकुमार साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दुवै जना विरुद्ध ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा छ । २०६७ साल चैत्र ११ गते गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना २ ख ५७२१ नम्बरको यात्रुबाहक बसमा विष्फोट हुँदा १३ जना घाइते भएका थिए ।
विष्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो ।
