
पूर्णपुष्टि, १३ असार ।
२०८०र०८१ को बजेट बहुमतले पारित भएको छ। मत विभाजन परिणाम सुनाउँदै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन्।
आज मत विभाजनमा २५५ संसद सहभागी थिए। विनियोजन विधेयक पारित गर्ने पक्षमा १४७ र विपक्षमा १०८ सांसदले मत हालेका थिए।
यसअघि प्रमुख प्रतिपक्षी दल एमालेले पक्षभन्दा विपक्षीको संख्या धेरै भएकाले मत विभाजनको माग गरेको थियो।
