Sunday, April 19News That Matters

बाँकेमा फेरी बाघले मान्छे खायो, शरिरको माथिल्लो भाग खाईसकेको अवस्थामा शव फेला

पूर्णपुष्टि, भदौ २८
बाँकेमा पाटेबाघले फेरी मान्छे खाएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरबाट एक जना भारतीय नागरिकलाई बाघले राजमार्ग क्षेत्रबाट तानेर खाएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको पूर्व–पश्चिम राजमार्गमा पाटे बाघले भारतीय नागरिकको ज्यान लिएको हो ।
बाघको आक्रमणमा परेका भारतीय नागरिकको पहिचान खुल्न नसकेको भए पनि उनी स्थानीय एक होटलमा भाँडा माझ्ने काम गर्ने खुलेको एसपी अधिकारीले बताए । ‘बाघले ती व्यक्तिको शरिरको माथिल्लो भाग खाइसकेको अवस्थामा खुट्टामात्रै बिहान साढे ७ बजेतिर निकुञ्ज क्षेत्रभित्र फेला परेको एसपी अधिकारीले बताए ।