Tuesday, June 9News That Matters

बाघ र रेड पाण्डाको छालासहित ८जना प्रकाउ

पूर्णपुष्टि, चैत १४

दैलेखमा बाघ र रेड पाण्डा (हाब्रे)को छालासहित आठ जना पक्राउ परेका छन् । नारायण नगरपालिका – ३ खुर्सानीबारी पिपलचौताराबाट बाघ र रेडपाण्डा को छालासहित आठ जना पक्राउ परेका हुन् ।

नौमुले बजारबाट दैलेख बजार हुँदै सुर्खेत लैजान लागेको अवस्थामा तीन वटा रेडपाण्डा र एउटा बाघको छालासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बोलेरो गाडीमा आउँदै गरेको बेला शनिबार बिहान करिब २ बजे उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

नौमुले गाउँपालिकाका ३३ वर्षीय कविराम अधिकारी, ३३ वर्षीय धनबहादुर पुरी, ४५ वर्षीय हस्तबहादुर थापा, २२ वर्षीय दलबहादुर खत्री, ५१ वर्षीय धनबहादुर मगर र गाडी चालक १९ वर्षीय रोशन बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

त्यस्तै छिमेकी गाउँ भगवतीमाई गाउँपालिकाका २७ वर्षीय गोबिन्द थापा र ५६ वर्षीय धनबहादुर रावत पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैजना विरुद्ध वन्यजन्तु ओसारपसार कसूरमा मुद्दा लगाइएको डिभिजन बन कार्यालय दैलेखले जनाएको छ ।