Friday, June 26News That Matters

बाढी पहिरोमा परी २ सय जनाको मृत्यु, ५४ जना बेपत्ता

पूर्णपुष्टि, साउन २३

यो वर्षको मनसुन सक्रिय भएपछि अहिलेसम्म विभिन्न विपद्मा परि २ सय जनाको मृत्यु भएको छ । यस नेपालमा यस वर्ष जेठ ३० गतेदेखि मनसुन सुरु भएको हो ।

पहिरोमा परेर १ सय ७६, बाढीमा परेर ५ र चट्याङ लागेर १९ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । विपदमा परेर ५४ जना अझै बेपत्ता भईरहेको छ भने १ सय ९० जना घाइते भएका छन् ।

साथै अबको २४ घण्टाभित्र कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाव बढ्ने भएकोले सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । शुक्रबार कन्काई पश्चिम, वाग्मती, कमला, राप्ती, बबई र यसका सहायक नदीमा पनि बहाव बढ्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।