Monday, June 29News That Matters

बारामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ ११

बारामा कोरोना संक्रमणबाट गर्भवतीसहित दुई जनाको मृत्यु भएको छ । हर्दिया–४ की २३ वर्षीया गर्भवतीसहित दुई जनाको मृत्यु भएको हो ।

उनलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि गतको सोमबार वीरगञ्जको नारायणी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । भर्ना पश्चात उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालको पीसीआर प्रयोगशालामा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

त्यस्तै नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका पर्साको धोवीनी गाउँपालिकाका–७२ वर्षका पुरुषको गतराति मृत्यु भएको छ । उनमा निमोनियाको समस्या थियो । उनको पीसीआर परीक्षण पोजेटिभ आएपछि कोभिड अस्पतालमा सार्ने तयारी गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।