
पूर्णपुष्टि,माघ २०
जिल्ला समन्वय समिति उदयपुरले बाल अधिकार सुनिश्चितताको लागि उदयपुरमा जिल्ला स्तरीय छलफल गरेको छ । मंगलबार सरोकारवाल, संघसंस्था, पत्रकार, नागरिककर्मी, बालबालिका लगाएत सम्बन्धित क्षेत्रहरुको उस्थितिमा छलफल भएको हो ।
जिल्लामा बालबालिकाहरुको हक अधिकारमा सम्बन्तिध निकायहरुले केकस्ता काम गर्दै आईरहेको छ र बाल अधिकार सुनिश्चितताका लागि स्थानीय तहहरुमा के कस्ता कार्य योजनाहरु तयार गर्न सकिन्छ भन्ने बिषयमा बिषेश छलफल भएको छ ।
राष्ट्रिय बाल अधिकार परिषद् काठमाडौंको सहजिकरणमा जिल्लाका सबै स्थानीय तहहरुलाई बाल अधिकार सुनिश्चितता बारे छलफलको आयोजना गरेको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले बताए ।
कार्यक्रममा मानव अपधिकार मञ्च नेपाल इलामको कर्याक्रम संयोजक रुद्र थेवेले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नुभयो । त्यसैगरी नेस्पेक उदयपुरको अध्यक्ष अर्जुन पोखरेलले बाल हेल्पलाईनको बारेमा आफ्नो कुरा प्रस्तुत गर्नभयो ।
शुसासनका हिमायती (जी क्यू) र मानव अधिकार मञ्च नेपाल इलामको व्यावस्थापक तथा किन्डरमिसनरेग जर्मनीको सहयोगमा कार्यक्रम सम्पन भएको थियो ।
कार्यक्रममा ८ ओटै स्थानीयतहहरुलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको थियो ।

