Wednesday, May 20News That Matters

बालबालिकाको मुन्द्रो चोरी गर्ने दुई महिला पक्राउ

पुर्णपुष्टि,असोज ७ 

काठमाडौंमा बालबालिकाले लगाएको मुन्द्रा चोरी गर्ने साथै लुटिएका मुन्द्रा खरिद गर्ने दुई महिलालाई  पक्राउ परेका छन् । म्याग्दी घर भई काठमाडौं बालाजुमा बस्ने ३२ वर्षीय संगीता क्षेत्री र काभ्रे घर भई ललितपुरको सौगलमा बस्ने मुरली बिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी क्षेत्रीले बालबालिकाहरुलाई चकलेट र आईसक्रिम दिई आमाको साथी हुँ भनी प्रलोभनमा पार्ने र त्रसित बनाई कानको मुन्द्रा चोरी गर्ने गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरीले क्षेत्रीलाई बालबालिकाको कानको मुन्द्रा लुटपाट गरेको आरोपमा गोकोर्णेश्वर नगरपालिका–८ माकलवारी र लुटिएका मुन्द्रा खरिद गर्ने बिकलाई ललितपुर महानगरपालिका–६ कनिवहालबाट पक्राउ गरेको हो ।

संगीताको साथबाट केही नगद र एउटा मोवाइल, बिकबाट एउटा सुनको सिक्री, करिब ६१ लाल गालेको सुन, ३० हजार ५०० नगद र एउटा मोवाइल बरामद गरेको प्रहरीले जनाएको छ ।