Tuesday, June 9News That Matters

बालबालिकालाई ‘गेमिङ डिसअर्डर’को खतरा

साउन २० गते ।

बालबालिकाले मोवाईलमा गेम खेल्ने, टिकटक बनउने, भिडियो हेर्ने जस्ता कार्य धेरै गरेमा मानसिक रोग खतरा हुन सक्छ । पछिल्लो समयमा आएर धेरै बालबालिकाले मोवाईल प्रयोग गर्दै आएकाले त्यसबाट मानसिक रोग ‘गेमिङ डिसअर्डर’को सिकार हुदै गएको मनोविज्ञहरूको भनाइ छ ।

बढी बालबालिकाहरु मोबाइल गेममा होमिएर बाहिर निस्कन नसक्ने भएकाले गएकाले विश्व स्वास्थ्य सङ्गठनले मानसिक रोगको श्रेणीमा राखेको मानसिक रोग विशेषज्ञ डा. प्रवास अधिकारी बताए ।

उदास हुने, खान मन नगर्ने,  मोबाइल धेरै चलाउने समस्या लिएर अधिकांश अभिभावक आउने गरेको अधिकारीले बताए । बच्च फकाउन मोवाईल दिने भएकाले पनि यस्तो समस्या आएको हो । यो समाचार आजको गोरखापत्रमा प्रकाशश भएको छ ।