
पूर्णपुष्टि उदयपुर, कार्तिक २३ ।
“हाम्रो बालबालिकालाई सहयोग अभियान” अन्तर्गत संकलन भएको बीस हजार चारसय पाँच रुपैया आज हस्तान्तरण गरिएको छ । युवा संकलनकर्ता रूपेश खड्काले अभियानको तर्फबाट गाउँले छिमेकीहरुको उपस्थितिमा मृतककी श्रीमती सिता सार्की (मगर) लाई उक्त रकम हस्तान्तरण गरिएको हो । श्रीमान्को मृत्युपछि मुख्य जीवनको साहरा गुमाएका उनी र दुई बालबालिकालाई सहयोग जुट्दै गएको छ । बालबालिकाको उज्ज्वल भविष्यका लागि युवा समूहले आगामी दिनमा सम्बन्धित निकायसँग सहकार्य गर्दै थप पहल गर्ने जनाएको छ।
खासगरी ६ र ११ वर्षिय छोराछोरीको पालनपोषण, शिक्षादिक्षामा चिन्ता देखिए पछि सहयोगी मनहरुले सहयोगको हात बढाइरहेका छन् । बालकालिकाको शिक्षादिक्षामा दिगोरुपले सोच्नुपर्ने आवश्यकता छ ।
