Tuesday, June 9News That Matters

बालिका बलात्कारीलाई ८ बर्ष कैद सजायको फैसला

पूर्णपुष्टि, पुष १

१३ बर्षीया बालिका बलात्कार गरेको आरोेपमा सप्तरी जिल्ला अदालतले  बलात्कारीलाई ८ बर्ष कैद सजायको फैसला सुनाएको छ । शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार ८ वर्ष कैद सजाय सुनाएको हो ।

चमार २०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा राखिएको थियो । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले थुनामा रहेका आरोपितलाई ८ बर्ष कैद सजाय तोकेको हो ।

शम्भुनाथ नगरपालिका–२ मा काठको फर्निचर पसल सञ्चालन गरी बसेका चमारले बालिकालाई ललाइफकाई पटक–पटक बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०७४ फागुन २० गते उजुरी दिएकी थिईन् ।

पीडितकी आमाकाअनुुसार पटक–पटक आरोपितले बलात्कार गरेको कुरा छोरीले ढिलो गरी बताएकाले प्रहरीमा कारवाहीका लागि उजुरी गर्न ढिलाइ भएको हो । प्रहरीले आरोपितलाई २०७४ फागुन २२ गते पक्राउ गरी पुर्पक्षकोलागी थुनामा राखिएको थियो ।