
पूर्णपुष्टि, जेष्ठ २४
बालने साहाको राम्रो कार्यलाई समर्थन गर्ने भन्दै उदयपुरको एक होटलले आफुले प्रयोग गर्ने शौचालयलाई सार्वजानिक शौचालयको रुपमा प्रयोग गर्ने भएको छ । उदयपुरको बेलका नगरपालिका ६ मा रहेको रंगमहल होटलले आफ्नो शौचालयलाई सार्वाजानिक रुपमा प्रयोग गर्न दिने जनाए ।
काठमाण्डौँ महानगरपालिकाले बैशाख ३० गते बसेको कार्यापालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेका थिए । उक्त महानगरमा युवा नेतृत्व वालेन साहा निर्वाचित भए सँगै काठमाण्डौँको सरसफाई र फोहोर व्यवस्थापनको बिषयमा केन्द्रीय रहेर बैठक वसिएको थियो । मेयर साहाको निर्णयलाई पास गर्दै सार्वजानिक स्थलमा रहने होटल, रेष्टुरेन्ट, पेट्रोल पम्प लगायतको शौचालयलाई सार्वजानिक शौचालयको रुपमा प्रयोग गर्न सकिने कुरा रेष्टुरेन्ट, चेन होटल व्यवसायीसँगको कुराकानीका क्रममा कुराकानी भएका थिए ।
सोही निर्णयलाई देशैभरबाट समर्थन गर्दै आईरेहको छ । यसै शिलशिलामा उदयुरको रंगमहल होटलले पनि शौचालयलाई सार्वजानिक गरेको हो । उक्त होटलले सार्वजानिक होटललको संकेत सहित शौचालय प्रयोगमा ल्याएको छ । हाम्रो लागि बालेन बालेनको लागि हामि भन्दै उक्त सार्वजानिक शौचालय प्रयोगमा ल्याएको संचालकले जनाए ।
