
पूर्णपुष्टि, असार २७
स्व : लालशेर राई स्मृति मेयर गोल्डकपको २२ औँ फुटवल प्रतियोगितामा १२ नं वडालाई बाहिर बाट खेलाडी ल्याएर खेलाएको आरोप लागेको छ । आईतबार खेलको दोस्रा दिन १० नं वडालाई १२ ले १ गोल गरी पराजित गरेका थिए ।
खेल सकेर करिब १ घण्टापछि १० नं वडाले मापदण्ड विपरिद खेलाडी ल्याईको आपत्ति जाउँदै दावी विरोध गरेका थिए । टोलीले यसवारे संघले सत्यतथ्य छानविन गरी खेललाई नियममा राखी अगाडी बढाउनु पर्ने जनाए । मेयर गोल्डकप भएका कारण यहाँ त्रियुगा नगरपालिका भित्रको मात्रै खेलाईनु पर्नेमा भोजपुर बाट खेलाडी ल्याईएको १० नं वडाको आरोप छ । संघका जिल्ला माहासचिव मदन भुजेलले सोमवार संघमा यसबारे छलफल चलाईने र यदि गलत भेटे १२ नं को गोल स्वत्त ख्यारेज हुने जनाए । यसबारे बेलुका ५ बजे सम्म निष्कर्श निकालि सकिने समेत भुजेलले जनाए ।
