Wednesday, June 17News That Matters

बित्तिय संस्थाहरुको गलत गतिविधि तत्काल हटाउन नेपाल कम्युनिष्ट पार्टीको माग

पूर्णपुष्टि, चैत्र ६ । नेपाल कम्युनिष्ट पार्टीले नेपालमा बित्तिय संस्थाहरुको क्रियाकलाप अत्यादिक खराव हुँदै गएको जनाएको छ । पछिल्लो समय वित्तिय संस्थाहरु बैँक, लघुवित्तिय संस्था, सहकारी लगायतले जनताहरुलाई आर्थिक रुपमा ढाँड सेकाईरहेको भन्दै आफ्नो पार्टीले यसको बिरोध गरेको जनाएको छ । पार्टीले प्रेस बिज्ञाप्ती जारी गर्दै मध्यम बर्गको गरिब जनता तथा किसान मजदुरहरुलाई ऋण्का कारण घरबास छोड्न बाध्य बनाएको भन्दै यस्तो गतिविधि तत्काल सच्याउन आह्वान गरेको छ ।

प्रेस विज्ञाप्तीमा भनिएको छ, जनता ठग्ने मिटर व्याजीहरुलाई तत्काल मिटर ब्याजप्रवाह बन्द गर्न जिल्लामा संञ्चालित सम्पूर्ण लघुवित्तहरुलाई आफ्नो सबै गलत गतिविधि नसच्याउनजेल बित्तिय संस्थाहरुबाट गरिरहेको सबै गलत क्रियाकलाप बन्द गरी मध्यम बर्गिय ब्यापारी व्यवसायीहरु साथै राष्ट्रिय पुँजीपति बर्गलाई संरक्षण गर्ने गरी आफ्नो बैँकिङ निति निर्माण गरेर मात्रै आफ्ना काम कार्वाहीहरु अगाडी बढाउन सम्पूर्ण बैँकहरुलाई अनुरोध गर्दछौँ ।

यस्तैगरी गाईघाटमा तुलसी सहकारी संस्थाले हजारौँ बचतकर्ताहरुको रकम बेपत्ता बनाएको भन्दै तुरुन्तै फिर्ता गर्न माग गरिएको छ । यदि यस्ता बित्तिय संस्थाहरुले जनता उठिवास लगाउने खराब गतिबिधिहरु नसच्याए पार्टीले गर्ने बिभिन्न संघर्षको परिणामको जवाफ सम्बन्धीत पक्षले नै लिनु पर्ने बिज्ञाप्तीमा उल्लेख गरिएको छ ।