Monday, May 4News That Matters

बिदेश जाने सोँच बदलेर कृषिमा रमाउँदै भुपु असही निरौला

बिन्द्र राई
पूर्णपुष्टि, २० असार ।

त्रियुगा नगरपालिका (४ बगहा नमस्ते चोकमा बस्दै आएका भुपु असही अर्थात् किसान निरौला विगत १७ वर्षदेखि कृषि मौसमी नगदे तरकारी खेती व्यवसाय अगाल्दै आईरहेका छ्न् । मानिस विदेश पलान भईरहेको बेला आफुले चाहिँ प्रहरी जागीरेको रिटायड जिन्दगीलाई गाउँघरमा नै बसेर कसरी सदुपयोग गर्ने विचारमा थिए ।

कृषिको माध्ययमबाट समाजलाई केही दिन र गर्न सकिन्छ, भन्ने विचार लिएर निरौलाले २०६३ सालमा त्रियुगा नगरपालिका ( बगहामा पाथीभरा कृषि फर्म दर्ता गरेका थिए । न्युन लगानीमा १० कठ्ठा नीजी र १२ कट्ठामा बार्षिक २४ हजार भाडा तिरेर २२ कट्ठामा काउली खेतीबाट यो व्यवसाय सुरुवात गरेका थिए।

पहिलो लटमा काउली खेतीबाट मनग्गे आम्दानी लिएपछि अन्य मौसमी तरकारी खेती लगाउन आकर्षित भएको निरौला बताउँछन् ।

उनले यो व्यवसायमा लाग्दै गर्दा बीचमा समस्याहरु आईपरे पनि आफु लगतार लागि परेको जनाए । कृषि कार्य गर्ने क्रममा मलाई बिभिन्न समस्याहरुले सतायो,” तर मैले कहिले पनि हार खाईन, लगतार कर्मलाई अगाडी बढाए, उनले भने” । बीचमा बिदेश जाने हुटहुटी पनि जागेको थियो तर पछि मन बदलिए, पासपोर्ट च्यातेर केही जमिन बेचेर कृषि सुरु गरे । निरौलाले तरकारीमा बोडी, काँक्रो, डल्ले च्याउ, कन्याम च्याउकाउली, बन्दा उत्पादन गर्नुका साथै बिउबिजन पनि उपलब्ध गराउने गरेको जनाए । कटेजमा कन्याम,डल्ले च्याउ लगायत मौसमी तरकारी लगाउदै आएको बताए ।

निरौलाका अनुसार सिजनमा १० लाख सम्म आम्दानी गरेको जनाए । खोर्सानी बाट मात्रै ९ महिनामा तीन लाख सम्म आम्दानी लिन सफल भएको समेत निरौलाको भनाई छ ।

तरकारी सिजनको बेला उनले तीन देखि छ जना सम्मलाई काममा लगाउने जनाए । यो उत्पादन आन्तरिक हाटबजारमा बिक्रिवितरण र खपत हुने गरेको छ ।

निरौलाले नेपाल कृषि प्रधान देश भएपनि कृषको लागि सरकारको कुनै नितिहरु नभएको जनाए । उनले कृषक प्रति सरकारको लगानी नाममा मात्रै सिमित रहेको जनाए । नेपालमा उत्पादन भएपनि बजार र बिचौलियाले कृषक र ग्राहक बिच फरक र असर पारेको जनाए । नेपालमा भारत लगायत बाह्रय उत्पादन रोक्न सके मात्रै आन्तरिक कृषकहरुलाई फाईदा हुने जनाए ।

उनले कृषि पेशाबाटै गाँस, बाँस, कपास, शिक्षा जस्ता आधारभूत आवश्यकता पुरा गर्न सकिने पनि जनाए । त्यसका लागि सरकारको सहयोग, कृषकको मेहनत र बजारीकरणको ब्यवस्थापन हुनु पर्ने जनाए ।