Thursday, July 2News That Matters

बिराटनगरमा कोरोनाबाट थप १ जनाको मृत्यु

पूर्णपुष्टि, असोज १७

बिराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बिराटनगरकी ६८ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।
बिराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा बिहान करिब २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

कोरोना पुष्टि भएसँगै उनलाई ११ असोजमा आइसोलेसनमा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वासको समस्या थियो ।