
पूर्णपुष्टि, जेष्ठ २२ । ५१ औं विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपन गरिएको छ । जेसी बाल सदन माध्यामिक बिद्यालयको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्रको सहकार्यमा बृक्षारोपन गरिएको हो ।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय र तालिम केन्द्रको हाता भित्र बिभिन्न जातका फलफुल तथा फुलहरुका बिरुवाहरु रोपिएको थियो ।
