Monday, June 22News That Matters

बिष खुवाएर मारेको कुकुर खाएर नवलपरासीमा यसरी मरे ठुलो सँख्यामा लोपन्मुख गिद्ध

पूर्णपुष्टि, बैशाख ८

पछिल्लो समय हराउँदै गएको गिद्ध लोपन्मुख पन्छीको रुपमा पर्दै आईरहेको छ । गिद्ध संरक्षणका कुराहरु चलिरहँदा नवलपरासीमा भने ठुलो संख्यामा गिद्धहरु मरेको छ ।

गिद्ध मुर्नुका कारण कुनै मानिसले कुकुरलाई बिष खुवाएर चौरमा फालेको र त्यही कुकुर खाएर ६० देखी ६५ को हाराहारीमा गिद्धहरु मरिसकेको खुल्न आएको छ । नपलपरासीको रामग्राम–नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मदन यादवका अनुसार बिष खाएको कुकुर खाँदा गिद्धहरु मरेको बताएको छ । गिद्धहरु मरेको देखेर गाउँलेहरुले हेर्न जाँदा चौरमा तीन वटा मरेका कुकुर देखे ।त्यही कुकुर खाएर गिद्धहरु पनि मरेको हुन सक्ने अध्यक्ष यादवले बताए । करिब ६५ ओटा गिद्धहरु चौरभरी मरेको अवस्थामा फेला परेको छ भने १५ देखि २० ओटा गिद्धहरु भने झोक्राएको अवस्थामा फेला परेको छ, अध्यक्ष यादवले भने ।

कुकुरलाई मार्न नपाईने र मारेको भएपनि यसरी लापर्वाही तरिकाले फाल्न नपाईने सुरक्षीत गरी गाड्नु पर्ने भन्दै अध्यक्ष यादवले बिष खुवाएर मार्ने ब्यक्तिलाई पत्ता लागई कडाईका साथ कार्वाही गर्ने जनाएको छ ।उनिहरुको तिव्र खोजी कर्य भईरहेको र पक्राउ गरी कानुन वमोजिम कर्वाही गर्ने उनले बताए ।

सुरूमा कुकुरको मासु खाएका गिद्धहरू मरेको र पछि कम मासु खाएका गिद्धहरू अहिले झोक्राएर बसेको हुन सक्ने यादवको भनाई छ ।

कुकुरको मासु खाएर मरेका गिद्धलाई खाल्डो खनेर गाड्ने तयारी भइरहेको उनले बताए ।