
पूर्णपुष्टि, भदौ १५
त्रियुगा नगरपालिका १२ विसनपुर स्थित हरित पार्क नजिकै निर्माण हुने झोलुङगे पुलको सिल्यान्यास भएको छ । बुधबार नेपाल सरकारको पराराष्ट्र मन्त्री डा. नारायण खड्का र प्रदेश १ भौतिक पूर्वधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले पुलको संयुक्त सिल्यान्यास गनुर्भभयो । यस पुलले २ र १२ नं वडालाई जोड्ने जनाईएको छ । उक्त पुललाई शहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार बिभाग सस्पेन्सन बृज डिभिजन पुल्चोकले निर्माण गर्ने जनाईएको छ ।
पुल उद्घाटन गर्दै मन्त्री खड्काले उदयपुरमा अरु दलका नेताहले भन्दा आफुले धेरै काम गरेको जनाउनुभयो । आफु सांसद हुदाको अवस्थामा होस या मन्त्री हुँदाको अवस्थामा होस यस जिल्लामा ८ अर्ब बजेट बिनियोजन गरी उदयपुरलाई विकास गर्न सहयोग पुराएको कार्यक्रममा बताउनुभयो । मन्त्री खड्काले एमालेले बिरोध नगरेको भए उदयपुरमा एयरर्पाट समेत समयमै बनिसक्ने बताउनुभयो । एमालेकै कारण एयरर्पोट समयमा बन्न नसकेको कार्यक्रममा बताउनुभयो ।

सिल्यान्यास पुलको अध्यक्षता स्थानीय पुर्वाधार विभाग महानिर्देशक ईश्वर चन्द्र मरहट्टाले गर्नु भएको थियो भने प्रमुख अतिथि रुपमा परराष्ट्र मन्त्री डा. नारायण खड्का रहनु भएको थियो । विशेष अतिथिमा प्रदेश नं १ सडक पुर्वाधार तथा सहरी विकास मन्त्रालय मन्त्री हिमाल कार्की, शहरी विकास सचिव डा. रमेश प्रसाद सिँह रहेका थिए । यता अतिथिहरु जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर बिश्वकर्मा, त्रियुगा नगरपालिका नगरप्रमुख बसन्त बस्नेत, उदयपुर प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव लगायत रहेका थिए ।
