
पूर्णपुष्टि, असार १४
गैरआवासीय (एनआरएन) दक्षिण कोरिया बुसान ख्यङसान शाखाका अध्यक्षमा उदयपुरे युवा बिबिन्द्र राई निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ शाखाको चौथो अधिवेशन बाट निर्बिरोध चुनिनु भएको हो ।
उहाँ लगायत २३ सदस्यीय कार्यसमिति चौथो अधिवेशनले निर्माण गरेको छ । नव चयन समितिका उपाध्यक्षहरु सानुराज मगर, सुबोध भण्डारी, साजन थापा र योगिता गौतम रहेका छन् । त्यस्तै सचिव गोकुल पौडेल, सहसचिव राम पौडेल, कोषाध्यक्ष संजीव बुढाथोकी, सहकोषाध्यक्ष राम पौडेल चयन भएका छन् भने बिमल बानियाँ, ओम भण्डारी, दिल रसाईली र शिव विश्वकर्मा सदस्य रहेका छन् ।
रोजगारको शिलसिलामा लामो समय देखि दक्षिण कोरियमा रहेका राई उदयपुर सेवा समाज द कोरियाको संस्थापक महासचिव समेत हुन । राईले पहिले देखिनै कोयिामा रहेर नेपाल र नेपालीहरुको हकहितमा समेत समाजिक सहयोगहरु प्रस्स्त गर्दै आउनु भएका थिए ।
राईले आफुलाई विश्वास गरी यती ठुलो जिम्मेवारी दिनुहुने सम्पूर्ण सहयोगीहरु प्रति धन्यवाद व्यक्त गर्नुभएको छ । यो जिम्मेवारीलाई कुनै पनि हिसावले सफल बनाउन र गैरआवसीयहरुको हकहितका लागि कुनै पनि कामहरु कसुर नराख्न दिन रात मैदानमा उत्रिने बताउनुभयो ।
शाखाको नेतृत्वमा पुग्दै गर्दा राईले भन्नुभयो” संस्थाको विधि बिधानमा रहि तपाईंहरुको मनोभावनालाई कदर गर्दै बल बुद्द्दी र बिबेकले भ्याएसम्म हामी खट्ने छौं, डट्ने छौँ तर थाकेर हट्ने छैनौँ । मैदानमा पठाईसक्नु भएको छ , तपाईंहरुकै सल्लाह , सुझाब र मार्गनिर्देशन लाई अनुशरण गर्दै अगाडि बढ्ने प्रतिबद्धता ब्यतm गर्दर्छौ उहाँले भन्नुभयो ।
दक्षिण कोरियाको राजधानी सउल पछि दोश्रो ठूलो शहर बुसान र यसको आसपासमा रहेको किम्हे, मिर्याङ, छाङ्वन, मासान , जिन्जु, गजेदो , थेगु , उल्सान लगाएत समेटिएको यो ख्याङ्साङ क्षेत्रमा नेपाली हरुको बाक्लो उपस्थिति र थुप्रै सामाजिक सङ्घ संस्थाको सक्रियता रहेको र यस क्षेत्रका ल्च्ल्ब् लाई बिशेष रुपमा हेरिएको हुँदाहुँदै ठूलो क्षेत्र, धेरै जनसङ्ख्या, फरक मत , बिभिन्न संघ सस्थाको बढ्दो सक्रियतामा पनि ल्च्ल्ब् लाई विवादरहित एउटा नेतृत्व र कार्यसमिति चयन गर्न सक्नु यस क्षेत्रको सबैभन्दा सुन्दर पक्ष रहेको राईले बताउनुभयो । उहाँले चौथो अधिबेशनबाट आफु र आफ्नो टिमलाई बिश्वास गरेर फिल्डमा उतार्नु हुने कसैलाई पनि निराशा नबनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
