Wednesday, April 22News That Matters

बेलकाको २ नम्बर वडामा काङ्ग्रेसका सार्कीले बागी उम्मेदवार दिने

पूर्णपुष्टि, वैशाख ५ गते ।
उदयपुरको बेलका नगरपालिका–२ भगलपुरका खड्ग बहादुर सार्की पुराना काङ्ग्रेसका स्थानीय नेता हुन । उनलाई गाउका सबैले काङ्ग्रेसको नेता भनेर नै चिन्छ्न । उनले पनि नेपाली काङ्ग्रेसको लागि आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरेका छन । उनलाई नेपालको लागि केही गर्ने पार्टी नेपाली काङ्ग्रेस नै हो भन्ने विश्वास लागेको थियो । उनले त्यति धेरै विश्वास गरेको पार्टीले नै उनलाई अहिले धोका दिएको छ । सार्कीले स्थानीय चुनाव घोषणा हुनुभन्दा अघिदेखि नै वडा अध्यक्षमा आफ्नो दाबी रहेको स्थानीय तहका नेतालाई जानकारी गराएका थिए । नेताहरुले पनि उनलाई नै टिकट दिने आश्वासन दिएका थिए । आफुले विश्वास गरेर लागेको पार्टीका नेताबाट ग्रीन सिग्नल पाएपछि उनी चुनाबमा आफुलाई जिताउनु पर्छ भन्दै जनता सग भोट माग्न दिनरात खटेका थिए । तर सिफारिस गर्ने बेलामा उनको नाम नराखी मिश्रीलाल चौधरी र ज्ञाननाथ कट्टेलको नाम सिफारिस गरेपछी उनी छागाबाट खसेजस्तो भए । उनलाई विश्वास नै लागेन की उनले विश्वास गरेको पार्टी तथा नेताले उनलाई यसरी धोका दिन्छन भनेर । अझ दुई जनाको नाम सिफारिस गरेपछी पनि उनलाई तपाईंको नाम पनि सिफारिस गरेका छौ भन्दै नेताले ढाटेका रहेछन । जब यो कुरा थाहा पाए तब उनले निश्चय गरे अब स्वतन्त्र रुपमै भएपनि उम्मेदवारी दिन्छु । आफ्ना साथी भाइ संग सरसल्लाह गरेपछी सबैले उनलाइ हौसला दिएछन यो चुनाबमा तपाईंले लड्नुपर्छ । त्यसपछि उनमा झन हौसला बढेको रहेछ । तर गाउमा कसैले उनलाई सुनाइदिएछ पार्टीमा लागेको मान्छे स्वतन्त्र उठ्न पाउदैन भनेर । यो सुन्ने बित्तिकै उनी खास कुरो बुझ्न निर्वाचन कार्यालय आएका रहेछन । निर्वाचन कार्यालयले चुनाबमा जोसुकैले उठ्न पाउने बताइदिएपछी खुसी भएका उनले भने “ अब म चुनाब जित्ने गरी जनताका बिचमा जान्छु । तर जे भएपनि यति लामो समय खटेको पार्टीले टिकट नदिएर उसै बिरुद्द लड्नुपर्दा चै दुख लागेको छ ।“ यति भन्दै अबको स्थानीय चुनाबमा वडाध्यक्ष भएर नै छड्ने भन्दै उनी भागलपुर तिर लागे ।