Friday, June 12News That Matters

बेलकामा अग्रता फराकिलो पार्दै गठबन्धन

पूर्णपुष्टि, जेठ ३ गते ।
उदयपुरको बेलका नगरपालिकामा गठबन्धनले फराकिलो अग्रता बनाउदँै लगेको छ । गठबन्धनबाट प्रमुखमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका अशोक कार्कीले ७०७६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्प्रर्धी एमालेका दुर्गा कुमार थापाले ५०९३ मत प्राप्त गरेको छ । एमालेका उम्मेदवार भन्दा गठबन्धनका उम्मेदवार १९८३ मतको फराकिलो अन्तरसहित अगाडी देखिएका छन् ।
प्रमुख पदमा गठबन्धनका अशोक कार्की फराकिलो मतान्तरसहित अगाडी देखिएपनि उपप्रमुखमा भने एमालेकी जिरा राई अगाडी छिन् । उनले ५८९४ मत प्राीत गर्दा गठबन्धनका मनोज तामाङ्गले ५२६९ मतसहित पछ्याइरहेका छन् ।