Sunday, June 28News That Matters

बेलकामा बच्चा जन्माउन नसकेर महिलाको मृत्यु

पूर्णपुष्टि, २१ वैशाख । जिल्लाको बेलका नगरपालिकामा एक महिलाको सुत्केरी हुन नसकेर ज्यान गएको छ । नगरपालिका वडा नं ९ की १९ बर्षिया प्रमिला बस्नेतको बच्चा जन्माउन नसक्दन ज्यान गएको हो ।

मंगलबार सुत्केरी व्याथा लागेर घरमै बसेकी प्रमिलालाई धेरै समस्या भएपछि उपचार गर्न विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरेका थिए। तर बस्नेतको हस्पिटलमा बुधबार मृत्यु भएको मृतककी पति दिपक बस्नेतले बताए । पहिलो बच्चा जन्माउने क्रममा प्रमिलाको मृत्यु भएको परिवारले जनाएको छ । गर्भवतीको मृत्यु भएपछि बस्नेत परिवार शोकमा डुबेको छ ।

गर्भवतीको मृत्यु भएको घटनाको बारेमा बेलका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद मिश्रले थाहा नभएको भनेर पन्छिएका छन । घटना बारे बुझ्दा गर्भवतीको मृत्युको बारेमा कहिलेकाही यस्ता घटना घट्न सक्ने तर बेलकाको घटना आफूलाई थाहा नभएको शाखा प्रमुख मिश्रले बताए । उनले भने ‘म बाहिर छु, कमल चौधरीलाई सम्पर्क गर्नु यो घटना बारे मलाई थाहा छैन ।’