Tuesday, June 9News That Matters

बेल्टारमा बन्दको प्रभाव

पूर्णपुष्टि, फागुन २८ । उदयपुरको बेल्टार बजारमा बन्दको प्रभाव देखिएको छ । चौदण्डीगढी नगरपालिका २ बेल्टार बजार स्थित यातायात लगायत अन्य सेवाहरु ठप्प पारे सँगै बन्दको असर परेको हो ।

किरात राई यायोख्खाले नेतृत्व गरेको वन्दलाई तामाङ, मगर, शेर्पा लगायतक संघहरुले सहयोग गरेका छन् । कोशी प्रदेश खारेजी र किरात प्रदेशको माग सहित हिजो मात्रै राके जुलुस गरेका थिए । आईतबार भने आमहड्तालको घोषणा गरेका थिए ।