
पूर्णपुष्टि, माघ ७
बैँकिङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेको छ । सुनसरी धरान उपमहा नगरपालिका–४ पाचकन्या का ३२ वर्षीय बिशाल राई पक्राउ परेको हो । प्रतिवादी बिशाल राई भएको बैँकिङ् कसुर मुद्धामा सम्मानित उच्च अदालत विराटनगरको २०७८ बैशाख १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैया ३३ पैसा जरिवाना तोकिएको थियो । कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआईटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दैजाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो पक्राउ गरेको थियो । पक्राउ परेकाराईलाई आज सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।

