
पूर्णपुष्टि, साउन ९ । त्रियुगा नगरपालिकाको बोक्सेमा भोलीदेखी दोस्रो 7A साइड फुटबल प्रतियोगिता शुरु हुँदैछ। दाजुभाई समुह फुटबल क्लब र दाजुभाई समुह (दोहा कतार) को आयोजनामा हुन लागेको यो प्रतियोगिता गंगा खेल मैदानमा असार १० गतेदेखि १९ गतेसम्म चल्नेछ।
“सम्बन्ध हाम्रो सबैभन्दा राम्रो, समाजिक कार्यलाई अगाडी बढाउने जिम्मेवारी हाम्रो’’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस प्रतियोगितामा १२ टिमले भाग लिनेछन्। उद्घाटन खेल भोलि दिउँसो २ बजे ईलाभेन स्टार फुटबल क्लब बाबरी र दमौटि फुटबल क्लबबीच हुनेछ।
प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल र ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। त्यसैगरी उपविजेता टिमले शिल्ड, मेडल र २० हजार नगद पुरस्कार हात पार्नेछ। यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समुदायमा खेलकूदको विकासमा योगदान पुर्याउने आशा गरिएको छ।

