
पूर्णपुष्टि, फागुन ८ गते । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित अमाहीमा एकजना महिलाको शव फेला परेको छ ।
विराटनगर-१९ घर भएकी २८ वर्षीया प्रियंका सुनवारको शव स्थानीय नरसिंह चौधरीको घरभित्र भेटिएको प्रहरीले जनाएको छ ।
हत्या पछि बोरामा शव पोको पारेर राखेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले बताए । उनका अनुसार स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेपछि यो घटना बाहिर आएको हो । घटना अनुसन्धानको लागी तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
