
उदयपुर, पुस ३ गते ।
उदयपुरगढी गाउँपालिका–३ गोठडाँडामा भएको बोलेरो दुर्घटना मर्नेको संख्या चार पुगेको छ । मोरङको पथरी–४ निबासी ३५ वर्षीय टिकाराम श्रेष्ठलाई उपचारको लागी कटारी अस्पतालमा पू¥याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको हो ।
विहान करिब ९ः१५ बजे भारतीय नम्बर प्लेट भएको एस्के ०१ टिपी ३०६८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकदेखि करिब दुई सय मिटर तल खसी दुर्घटना हुदा भएको थियो । दुर्घटनामा उदयपुरगढी गाउँपालिका–३ निबासी ६१ वर्षीय टिकनारायण श्रेष्ठ, ४७ वर्षीय मिननारायण श्रेष्ठ र ४७ वर्षीय ढकबहादुर मगरको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
