Monday, April 20News That Matters

बोहोरीबोटका शिक्षक अभिभावक संघमा ८ महिला सदस्यीय समिति गठन

पूर्णपुष्टि,चैत्र २३ । जिल्लाको उदयपुरगढी गाउँपालिका–६,मा अवस्थित माध्यामिक विद्यालय बोहोरीबोटका शिक्षक अभिभावक संघमा पदकुमरीको अध्यक्षतामा ८ सदस्यीय समिति गठन गरिएको छ । बुधाबार आयोजित कार्यक्रममा शिक्षक तथा अभिभावक भेलाले महिलै महिला पदाधिकारी रहेको शिक्षक अभिभावक संघ गठन गरेको हो ।

समितिका सदस्यहरुमा क्रमशः रेनुका बिक, सीता भुजेल, राधिका मगर, रुपा बोहोरा, तिलकुमारी चापागाई , भिमकुमारी मगर र बिमला खत्री चयन भएको प्रधानाध्यापक श्याम खत्रीले बताए । खत्रीका अनुसार कक्षा १० सम्म संञ्चालित विद्यालय शिक्षक अभिभावक संघमा पहिलो पटक महिला मात्रै पदाधिकारी रहेको बताए ।