
पूर्णपुष्टि, २२ असार ।
जिल्ला ब्याडमिन्टन संघ उदयपुरका अध्यक्ष तथा समाजसेवी किसन राईले सर्पदंश उपचार के्रन्द्र भुल्केलाई एसी सहयोग गरेको छ । राईले त्रियुगा नगरपालिका ३ भुल्के ब्यारेक १८ नं बाहिनीमा रहेको सर्पदंश केन्द्रलाई एक थान एसी सहयोग गरेको हो । बाहीनी पति मनोज बैदवारको पहल कदमीमा राईले केन्द्रलाई एसी सहयोग गरेका थिए । उपचार केन्द्रमा आउने बिरामीहरुलाई सहज बनाउने उदेश्यले एसी अत्याबश्यक रहेको एसी उपकरण सहयोग गरिएको हो ।
बिरामीहरुलाई सर्पले टोकेपछि तापक्रममा उपचार गराउन आउने र सो अवस्थामा चिसा चाहिने हुँदा एसी आवश्यक रहेको बाहिनिपति बैदवारले जनाए । बैदवारकै पहलमा व्यवसायी तथा समाजसेवी महेन्द्र राईले पनि एक थान एसी प्रदान गरेका थिए । एसी बैदवारकै प्रमुख आथित्यतामा सर्पदंश केन्द्रकी अध्यक्ष पवित्रा गिरीलाई हस्तान्तरण गरिएको छ । एसी प्रदान गर्दै राईले समाजमा मानव सेवा र सहयोगनै भगवानलाई मान्ने सहको भावना हराउँदै गएको जनाए । उनले गुम्वा, मस्दिज र मठ मन्दिरमा दान गर्नु भन्दा यस सर्पदंश केन्द्रका बिरामीहरुलाई सहयो गर्न उचित हुने सझाव दिए ।

बाहिनिपति बैदवारले यस उपचार केन्द्रलाई आफ्नै सम्झेर सामाग्री सहयोगमा समन्वय गरेको जनाए । उनले आफु एक बर्षका कार्याकलका लागि यस ठाउँमा रहेपनि यस स्थानको स्थानीयहरुलाई सँधैभरी होस भन्ने हेतुले उपचार केन्द्रलाई आफुनो पहलमा बिभिन्न सामाग्रीहरु सहयोग गरेको जनाए । बैदवारकै पहलमा पहिल्यै पनि महेन्द्र राईले एउटा एसी सहयोग गरिसकेको छ भने फेरी किसन राईको सहयोगमा अर्को एसी सहयोग गर्ने वातावरण बनाएको उनले जनाए । त्यस बाहेक अन्य सामाग्री र स्रोत साधनमा पनि बैदवारले पहले गरेको छ । बैदवारले आफु यस ठाउँबाट सरुवा हुँदै गरेको सुनाउँदै यस उपचार केन्द्रलाई राजनैतिक हिसावले प्रयोग गनर्न सुझाए । आउने बाहिनिपतिलाई पनि यस उपचार केन्द्रको बारेमा राम्ररी जानकारी गराउँदै यसको थप सेवा प्रवाहलाई चुसत दुरुस्त बनाउन सहयोग गर्ने जनाए ।
सर्पदंश उपचार केन्द्रकी अध्यक्ष सावित्रा गिरिले सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गरिन् । स्रोत साधनको अवस्था कमजोरी रहेको बेला यसरी ब्यक्तिहरुले गरेको सहयोग महत्वपूर्ण रहने जनाईन् । उनले स्रोत साधनको अपुगमै पनि हाल सम्म यस सर्पदंश केन्द्रमा उपचारगर्ने बिरामीहरुले मृत्यु वरण गर्नु नपरेको पनि उनले सनाईन् । यस्तै सोही उपचार केन्द्रका सचिव यदु प्रसाद ढकालले भने सम्बन्धित सरोकारवाला निकायहरुको ध्यान नपुगेको जनाए । उनले नेपाल सरकार माताहतका स्थानीय सरकार, प्रदेश सरकारले पनि खासै साथ सहयोग नगरेको जनाए । ढकालले सहयोग सुन्य अवस्थामा नरहेको तर गर्नु पर्ने जति भने नगरिएको जनाए ।
