
पूर्णपुष्टि, चैत्र १५
लागुऔषध ब्राउन सुगर सहित उदयपुरको गाईघाट बाट २ जना पक्राउ परेका छन् ।
त्रियुगा नगरपालिका ११ बाबारानी मार्ग स्थित लागु औषध ब्राउन सुगर कारोबार भईरहेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले ब्राउन सुगर सहित २ व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का ३२ बर्षिय दशरथ शाह र सोहि ठाउँका २९ बर्षिय विवश राईलाई ४ ग्राम ब्राउन सुगर सहित शनिवार प्रहरीले पक्रउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले बताउनुभयो ।
अबैध लागुऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत उनिहरुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको एसपी दाहालले बताउनुभयो ।
