Wednesday, June 10News That Matters

ब्राउन सुगरसहित एक जना पक्राउ

पूर्णपुष्टि, माघ १९
झापाको बिर्तामोड नगरपालिका–५ पञ्चकन्या चौक स्थितबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ परेको छ । सोही स्थानका २४ वर्षीय सुनिल लिम्बु पक्राउ परेको हो ।
हिजो बेलुका ६ बजे अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र मोबाईल थान–२ सहित पक्राउ गरेको थियो । पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।