
पूर्णपुष्टि, फागुन ८ गते । मोरङ जिल्लाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–उपमहानगरपालिका–५ सुनसरीका २९ बर्षीय उज्वल हल्वाई र ट्याम्केमैयुम गाँउपालिका–२ भोजपुरका ३४ बर्षीय प्रबिन राई रहेका छन् ।
आज दिउँसो १२ बजे बिराटनगर महानगरपालिका–१५ ढाट स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १–०४–००१ प ८६५१ नम्बरको मोटरसाईकललाई जेकजाँच गर्ने क्रममा चालक हल्वाईको साथ प्रहरीले १.७२ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर बरामद भएसँगै हल्वाईलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रण लिएको हो ।
त्यस्तै बिराटनगर महानगरपालिका–१६ दरैयामा भारतबाट नेपाल तर्फ आउदै गरेको को ३१ प ६६५३ नम्बरको मोटरसाईकललाई चेक गर्ने क्रममा प्रहरीले चालक राईको साथबाट ०.२२ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर बरामद भएसँगै राईलाई ईलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
