Saturday, June 20News That Matters

ब्राउन सुगरसहित युवा पक्राउ

पूर्णपुष्टि, साउन १७

झापा अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्क स्थितबाट अटो टेम्पुबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनलाई पक्राउ गरिएको छ । अटो चालक बिर्तामोड–४ बस्ने २१ वर्षीय रुपेश साह र पछाडि सवार हल्दिबारी–३ का २१ वर्षीय बिबेक बानियालाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

हिजो दिउसो साढे ११ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे १ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ९० मिलि ग्राम र नगद रु. २० हजार बरामद भएको भएको छ ।

प्रहरीले उनीहरुलाई अटोसहित पक्राउ गरि ईलाका प्रहरी कार्यालय अनारमनीमा लगि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।