Sunday, August 9News That Matters

ब्राउन सुगरसहित २ जना पक्राउ

पूर्णपुष्टि, चैत २४

झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ स्थित गैरीगांउ स्थितबाट सोमबार बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कन्काई–३ का ३६ बर्षीय रोसन यादब र कन्काई ५ का २१ बर्षीय समिर लिम्बु रहेका छन् । उनिहरुलाई ४ ग्राम लागूऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।