
पूर्णपुष्टि, बैशाख १६
तेह्रथुमको लालिगुरास नगरपालिका–४ बसन्तपुरबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टुटेदेउराली का ३० बर्षीय राम गुरुङ रहेका छन् ।
हिजो दिउसो बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुरुङले ना.४ ख ९२१० नम्वरको यात्रुबहाक बसको बनोटमा लुकाईछिपाई राखेको १ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । प्रक्राउ परेका गुरुङको जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुससन्धान भईरहेको छ ।
