Tuesday, June 30News That Matters

भन्सार छलेर ल्याएको सामान सहित चालक पक्राउ

पूर्णपुष्टि, भदौ ४

मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट प्रहरीले भारतबाट अबैध रुपमा भन्सार छलि गरी नेपाल ल्याउदै गरेको अवैध सामान बरामद गरेको छ ।हिजो राती ८ बजे १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR38A3287 नम्वरको ट्रयाक्टरमा करिव १२ लाख मुल्य बरावरको बिभिन्न किसिमका कपडा तथा जुत्ताहरु बरामद गरेको हो । अबैध सामान बरामद भए सगैं ट्याक्टर र चालक समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।