Wednesday, June 17News That Matters

भारतको झारखण्डमा आगलागीबाट १४ जनाको मृत्यु

पूर्णपुष्टि, माघ १८ गते । भारतको झारखण्डमा आगलागीबाट १४ जनाको मृत्यु भएको भारतीय च्यानलहरुले जनाएको छ । झारखण्डस्थित धनबाद भन्ने स्थानमा पर्ने एक अपार्टमेन्टमा आगलागीहुँदा १४ जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगोलागी हुँदा १४ जनाको मृत्यु भएको हो ।

भारतीय च्यानल आजतकको समाचार अनुसार ११ महिला, ३ बच्चा र १ जना पुरुष गरी १५ जनाको मृत्यु भएको उल्लेख छ । एकै परिवारका पाँच जना सदस्यको मृत्यु भएका जनाएको छ । आगोलागीको समयमा त्यस अपार्टमेन्टमा कती मानिस थियो भन्ने खुलिसकेको छैन् । भवनमा फसेको मानिसहरुको उद्धारको लागी सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरु परिचालन गरिएको समाचारमा बताईएको छ । आगोलागीको कारण खुलेको छैन् ।