Wednesday, June 10News That Matters

भारतमा जागिर मिलाईदिने भन्दै कोठिमा युवती बेच्ने होटल सञ्चालक पक्राउ

पूर्णपुष्टि, फागुन १० गते ।दाङमा एक युवतीलाई जागिर मिलाईदिने भन्दै भारतको कोठिमा लगेर बेचेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । घोराही–१४ स्थित लखन पार्क नजिकै होटल सञ्चालन गरी बस्ने ५२ वर्षीय बिमुसा सार्की र उनकी श्रीमती ३९ वर्षीया टोपली सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । २० वर्षीया युवतीलाई रोजगारीको प्रलोभन देखाई भारतको कोठीमा लगेर बचेको आरोपमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले बताए ।

वलीका अनुसार होटलकी सञ्चालक टोपलीले युवतीलाई भारतमा राम्रो काम लगाइदिने भनेर लोभ देखाई माघ २१ गते भारतको चन्ढिगढ पुर्‍याईएकी रहेछन् । राम्रो कमाई हुने लोभ देखाई बाँकेको नेपालगञ्जसँग जोडिएको भारतीय सीमा नाका रुपैडिहा हुँदै भारत पुर्‍याइएर त्यहाँ कोठीको सञ्चालकसँग मोटो रकम लिएर युवतीलाई बेचेको रहेछ ।

कोठिमा बेचिएकी युवतीलाई १२ दिनसम्म बेवेश्वावृति गर्न लगाइएको वलीले बताए । युवती बेचिएको उनको परिवारले थाहापाएपछि प्रहरीमा उनकी आमाले उजुरी दिएकी थिईन् । उजुरीका आधारमा प्रहरीले विभिन्न संघसंस्थाको समन्वयमा पीडित युवतीलाई माघ १२ गते कोठीबाट उद्धार गरेको थियो ।

प्रहरीले पीडित युवतीलाई उद्धार गरेपछि होटल सञ्चालक दम्पतीलाई फागुन ४ गते प्रकाउ गरेको हो । पक्राउ परेका दुबै जनाको अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका होटल सञ्चालक दम्पतीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण० ऐन २०६४ अन्तर्गत कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।