
पूर्णपुष्टि, भदौ १८
भारतको उत्तरप्रदेशमा ट्रकको ठक्करबाट बसमा सवार ४ नेपालिको मृत्यु भएको छ भने २४ जना घाईते भएको टाइम्स अफ इन्डियाले जनाएको छ । मृत्यु हुनेमा प्रेम थारू, सीतल थारू र चक्र बहादुर रहेका छन् भने एक जनाको सनाखत भएको छैन।
शनिबार नेपालबाट गोवा जादैँ गरेको युपी९३बि.टि. ९९४४ नम्बरको बस महानगुपुर गाउँ पुग्दा एउटा टायर पन्चर भएको थियो । बसलाई सडक छेउमा रोकेर चालकले पन्चर भएको टायर फेर्दै गर्दा ट्रकले ठक्कर दिदाँ चार जनाको घटना स्थलमै मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
बसमा ६० जना नेपाली कामदार सवार रहेको भारतिय प्रहरीले जनाएको छ । घाइतेहरूको बराबंकी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ६ जनालाई लखनउको केजिएमयू ट्रमा सेन्टरमा रिफर गरिएको छ भने अरू यात्रुहरू सुरक्षित नै रहेका छन् । मृतकको शव पोष्टमर्टमको लागि अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान अघि बढाएको भारतीय प्रहरीले जनाएको छ।
