Tuesday, April 21News That Matters

भारतमा २ लाख ९७ हजार भन्दा बढी संक्रमित

पूर्णपुष्टि, जेठ ३० गते ।

भारतमा २ लाख ९७ हजार भन्दा बढीमो कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९ सय ५६ जना नयाँ संक्रमित थपिएपछि भारतमा संक्रमितको संख्या २ लाख ९७ हजार ५ सय ३५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ३ सय ९६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ४ सय ९८ पुगेको छ ।

भारतमा उक्त कोरोना संक्रमित मध्ये १ लाख ४७ हजार १ सय ९५ जना उपचारपछि निको भएको जनाईएको छ ।

भारतको सवै भन्दा बढी कोराना भाइरसको संक्रमण महाराष्ट्र प्रदेशमा देखिँएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म  ९७ हजार ६ सय ४८ जना संक्रमित पुष्टि भएको छ ।