
पूर्णपुष्टि, चैत १० । भारतीय निर्देशक प्रदीप सरकारको निधन भएको छ । उनको शुक्रबार बिहान ६८ बर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
उनी लामो समयदेखि बिरामी रहेको र डायलासिसको सहारमा बाचिँरहेको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले जनाएको छ । सरकारको निधनपछि बलिउड कलाकारहरूले शोक व्यक्त गरिरहेका छन्।
उनले ‘परिणीता, हेलीकप्टर इला, लागा चुनरी मे दागः जर्नी अफ ए वुमन, लफंगे परिन्दे, मर्दानी’ जस्ता फिल्म निर्देशन गरेका थिए । उनले पछिल्लो समय ‘कैसी पहेली जिन्दगानी’ फिल्म निर्देशन गरेका थिए।
