Monday, July 6News That Matters

भिरबाट लडेर एकको मृत्यु

पूर्णपुष्टि, माघ १८

संखुवासभा सभापोखरी (३ फुकाम बस्ने ५२ बर्षीय सुर्य बहादुर घलेको भिरबाट लडेर  मृत्यु भएको छ । शनिवार रातीको समयमा संखुवासभाकै पावाबाट घर तर्फ फर्कने क्रममा बालिंगे भिरबाट लडेर घलेको मृत्यु भएको हो ।भिरबाट लडेको भन्ने सुचना पाउन साथ विहान साढे ३ बजे प्रहरी चौकी बार्हबिसेमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि कानुनी कारबाही तथा थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।