Monday, June 1News That Matters

भिरबाट लडेर खोटाङमा एक जनाको ज्यान गयो

पूर्णपुष्टि, फागुन २९

भिरबाट लडेर खोटाङमा एक जनाको ज्यान गएको छ ।  हलेसी तुवाचुङ नगरपालिका (११ राजापानी मापाचुलीका ५६ बर्षीय  राम बहादुर कार्कीको भिरबाट लडेर ज्यान गएको हो । हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको आफ्नै दाईको खरबारीमा पुरानो सुकेको खर आगो लगाई निभाउने क्रममा भिरबाट लडेर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।