Wednesday, June 10News That Matters

भिरबाट लडेर १ जनाको मृत्यु

उदयपुर,मंसिर १४ गते । 

उदयपुरको लिम्चुङ्बुङमा भिरबाट लडेर एक जना बालकको मृत्यु भएको छ । लिम्चुङ्बुङ गाउँपालिका–३ सिम्ले निबासी भरतबहादुर मगरको छोरा १० वर्षीय ओपे भन्ने गणेशबहादुर मगरको मृत्यु भएको हो ।

बारा जंगलको धारापानी गैरामा गतसाँझ करिब ६ बजे बालक लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठिक नभएको बालकको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय लिम्चुङ्बुङबाट तत्काल प्रहरी घटना स्थलमा पुगी घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।